arrow

चितवन जितेपछि रवि बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
prachanda-ravi.JPG

काठमाडौं । चितवन जितेपछि पहिलो पटक रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि आज बिहान बालुवाटार पुगेका हुन् ।

रविले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रवि भेट्न पुगेपछि प्रधानमन्त्री प्रचण्डले बधाई तथा शुभकामना दिएका छन् । 

चितवन जितेसँगै रविले सरकारलाई दिएको समर्थनबारे सोच्ने बताएका थिए । सोसँगै रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन् । यसै सन्दर्भमा दुवैबीच भेटवार्ता भएको बुझिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार रास्वपाको सरकारप्रतिको धारणा बुझ्नका लागि प्रधानमन्त्री दाहालले रास्वपा नेतृत्वसँग छलफल गरेका छन् ।
    
“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो”, उपसभापति अर्यालले भने ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई रास्वपाको समर्थन छ । पछिल्लो समय गृह मन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।  गठबन्धनमा आबद्ध दलले रविलाई हराउन खोजे पनि उनी अझ बढी मतान्तरका साथ विजयी भएका छन् । 

चितवन क्षेत्र नं २  प्रतिनिधिसभामा निर्वाचित सांसद समेत रहेका रवि सोमबार रवि लामिछाने संसदीय दलको नेता बन्दै छन् । 

भोलि बिहान ११ बजे रास्वपा केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ । उक्त पार्टीको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ