arrow

 भारततिर विश्व बजारको बढ्दो आकर्षण

logo
एजेन्सी,
प्रकाशित २०८० वैशाख १७ आइतबार
india-fdi-policy.jpg

काठमाडौँ। विश्व बजारको ध्यान पछिल्लो समय दक्षिण एसिया तिर मोडिएको छ। विश्वका नाम चलेका ब्रान्डहरू दक्षिण एसिया विशेष गरी भारत आउन थालेका छन्। भारतको पछिल्लो उदार आर्थिक नीति र बढ्दो अरबपतिहरूको सङ्ख्याले पनि विश्व बजारलाई आकर्षित गरेको हो।

पछिल्लो समय बलिउड अभिनेत्री दीपिका पादुकोनलाई लुई भितोंले आफ्नो सबैभन्दा मूल्यवान् ब्रान्डका लागि दूत नियुक्त गर्‍यो। भारतको लगभग १२० अरबपतिहरू र बढ्दो आकाङ्क्षापूर्ण मध्यम आय समूहलाई  आकर्षित गर्न दीर्घकालीन रणनीति अनुसार लुई भितों भारत आएकोमा दुई मत छैन।

गत महिना मात्र फ्रान्सको चर्चित क्रिश्चियन डायरले आफ्नो नयाँ फेसन सङ्ग्रह मुम्बईमा सार्वजनिक गर्‍यो। यसरी भारतको मुम्बई विशेष गरी विश्वका ठुला ब्रान्डहरूको आकर्षणको केन्द्र भएको छ।

मुम्बईमा नयाँ फेसन सङ्ग्रह सार्वजनिक भएपछि डायरको होल्डिंग कम्पनी LVMH को शेयर भाउ १ प्रतिशतले वृद्धि भएको थियो। योसँगै विश्वका अरू स्थापित ब्रान्डहरू पनि भारततर्फ आकर्षित हुन थालेका छन्।

ओक्सफ्यामका अनुसार हाल भारतमा ११  अरबपतिहरू छन् र आठ लाख भन्दा बढी करोडपति छन्। नाइट फ्रान्क तथ्याङ्कको अनुमान छ कि २०२६ सम्ममा भारतसँग १४ लाख करोडपति हुनेछन्।

 “भारत मध्यम वर्गको वृद्धिमा विशाल बजार हो र आउँदो वर्षमा करोडपतिहरू बढ्दै जानेछन्।, ” डेबोरा आइतकेन, ब्लूमबर्ग इंटेलिजेंसमा लक्जरी सामानका वरिष्ठ विश्लेषक भन्छन्। “यो जीवन्त छ, यो नयाँ डिजाइन, नयाँ रङ्ग, लक्जरी स्थानमा नयाँ टेक्नोलोजीहरू हो, जुन अत्यन्त आवश्यक छ। ”

यो कसरी भयो?

भारत सन् १९९०मा आफ्नो उदार अर्थव्यवस्थामा प्रवेश गरेपछि धेरै लगानीकर्ताहरू आकर्षित हुन थालेका हुन्।  भारत आज शीर्ष १०० क्लबको एक हिस्सा हो। पूर्वाधार, नीतिहरू र विकास र विदेशी प्रत्यक्ष लगानी ( FDI ) को लागि अनुकूल एक सामान्य सामाजिक र राजनीतिक वातावरणले यो सबै सम्भव बनाएको छ।

सन् २०१७ लुई भितोंको एफडीआई प्रस्ताव अधिक उत्पादनहरूको थप अनुमति पाएपछि लगानी बढेको थियो र कम्पनीले पनि ५०% नाफा बढाएको थियो।

२०२२ मा, रोयटर्सले रिपोर्ट गरे अनुसार लक्जरी जर्मन कार निर्माता मर्सिडीज बेन्जले पनि भारतमा आफ्नो उत्पादन बेच्ने लामो योजना बनाएको छ। भारत लक्जरी कारहरूका लागि सानो बजार भए पनि गत वर्ष मर्सिडिजले सबैभन्दा बढी उत्पादन बेचेको थियो।

सन् २०२०को तुलनामा लक्जरी ब्राण्ड प्रयोगकर्ताहरूको सङ्ख्या प्रतिशत उल्लेख्य रूपमा बढेको छ। २०२०को तुलनामा ९ देखि ५३% सम्म वृद्धि भएको नाइट फ्रान्कले डाटा जनाएको छ।

सन् २०२१मा भारतको स्टार्ट अप उन्माद बढेको थियो  र शेयर बजार पनि उकालो लागेको समय थियो। उक्त समयमा रोलेक्स, लुई भितों र गुच्ची जस्ता ब्राण्डहरूको प्रयोगकर्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको रोयटर्सले रिपोर्ट गरेको छ।

 २०२१ मा कम्तीमा १० लाख डलरको शुद्ध मूल्य भएको भारतीय परिवारहरूको सङ्ख्या ११% बढेर ४ लाख ५८ हजार पुगेको छ र आगामी ५ वर्षमा उक्त सङ्ख्या ३०%ले वृद्धि हुने अपेक्षा गरिएको छ।

 “आधार फराकिलो हुँदै गइरहेको छ र बिस्तारै हाम्रो परम्परागत ग्राहकहरू भन्दा पर सर्दै छ, ” मर्सिडीज बेन्ज भारतका प्रमुख कार्यकारी मार्टिन श्वांकले रोयटर्सलाई पश्चिमी औद्योगिक सहर पुनेको एक अन्तर्वार्तामा भने।

गत महिना, विश्वले निता मुकेश अम्बानी सांस्कृतिक केन्द्र ( NMACC ) मुम्बईमा, एक बहु-अनुशासनिक सांस्कृतिक केन्द्रको एक शानदार उद्घाटन देख्यो, भोग पत्रिकाको विश्वव्यापी सम्पादक हामिश बाउल्सद्वारा क्युरेट गरिएको फेशन प्रदर्शनीले मुम्बईलाई न्युयोर्क,पेरिस, भेनिस जस्तै फेशन सहरमा समावेश गरेको छ।

अम्बानी परिवारले भारतलाई आधुनिकीकरण तर्फ डोर्‍याउने मात्र होइन विलासितासँग टाढा रहेको भारतीय समाजलाई नजिक ल्याएको छ। यसको बढवामा अम्बानी परिवारको ठुलो हात रहेको छ।

रिलायन्स इंडस्ट्रीज लिमिटेडका अध्यक्ष र प्रबन्ध निर्देशक अरबपति मुकेश अम्बानी ब्लुमबर्ग अनुसार विश्वका १२औँ धनीमा रहेका थिए। उनकी पुत्री ईशा अम्बानीले सबै लक्जरी ब्राण्ड हेर्ने गरेकी छन्। ईशाले इ-कमर्श पनि सम्हालिरहेकी छिन्। विश्वको शीर्ष अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग रिलायन्सको साझेदारीमा पनि ईशा संलग्न रहेकी छिन्।

भारतको अर्को चर्चित आदित्य बिर्ला फेसनले फ्रान्सको लक्जरी ब्राण्ड घ्यालरी लाफेएसँग भारतमा स्टोरहरू खोल्ने समझदारी गरेको छ।

दुई फ्ल्यागशिप स्टोरहरू हाल काममा छन् । एउटा २०२४ सम्ममा मुम्बईमा र  अर्को वर्ष नयाँ दिल्लीमा खुल्ने छन्। २०० भन्दा बढी लक्जरी र डिजाइनर ब्रान्डहरूको साथ सुरु हुनेछ।

आदित्य बिरला समूहको खुद्रा र फेशन एकाइ र मुकेश अम्बानीको स्वामित्वमा रहेको प्रतिद्वन्द्वी इकाई दुवै विगत केही वर्षहरूमा प्रिमियम ब्रान्डको सक्रियताका साथ अनुसरण गर्दै आएका छन् किनकि उनीहरू अझ बलियो प्रतिस्पर्धा हुनेछ।

रिलायन्सले मुम्बईमा विशाल जिओ वर्ल्ड प्लाजा रहेको छ। उक्त प्लाजामा लुई भितों,गुच्ची, वालेन्सियागा, कार्टियर, हर्मिस आदि ब्रान्डहरू रहेका छन्।

यी कुनै पनि काम रातारात भएको होइन

सन् २०१४-१५ भारतमा एफडिआई ४५ अरब डलर रहेको थियो जुन सन् २०२१मा बढेर ४ सय ४० अरब डलर पुगेको थियो। यो क्रम बढेर सन् २०२२ सम्म ५ सय २३ अर्ब डलर पुगेको थियो।

रिलायन्सको भियाकम१८ र वार्नर्ब्रदर्स बीच भएको सम्झौता अनुसार जिओसिनेमामा 'सक्सेसन्', गेम अफ थ्रोन्स' र ह्यारी पोर्टर जस्ता सिरिजहरू प्रसारण हुनेछन्।

भारतमा रहेको ठुलो जनसङ्ख्या र सरकारको दशकौँ पहिले देखिको सोचका करण भारतमा विदेशी ब्रान्डहरू आकर्षित भएका हुन्। विश्व व्यापार र व्यावसायिक समुदायको आँखा भारतमा रहे पनि बिस्तारै उक्त नजर दक्षिण एसियाका अरू देशहरूमा पनि लाग्ने छ।

पाकिस्तानको पछिल्लो राजनीतिक र आर्थिक अवस्था हेर्दा पाकिस्तानलाई गाह्रो देखिन्छ । भारतले अग्रगामी छलाङ मारिरहँदा पाकिस्तान भने उक्त दौडमा निकै पछि परिसकेको छ।

दक्षिण एसियाका अरू देशहरूले पनि आफ्नो नीतिमा परिवर्तन गर्न सके र उदारता देखाए नजिक आइसकेको विश्व बजारबाट फाइदा लिन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ