arrow

मौलाकालिका केबलकारको उद्घाटन गर्न प्रचण्ड चितवनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
prachanda-chitwan-2080-01-17.jpg

नारायणगढ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । आज दिउँसो उनी जहाजबाट चितवन आएका हुन् । नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आईएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन आएका हुन् । 

योसँगै प्रधानमन्त्री दाहालले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’, बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
 
प्रधानमन्त्री दाहाल आज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ । उनी सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ