arrow

माओवादीका अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि नहट्ने प्रचण्डको अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
prachanda-chitwan-2080-01-18.jpg

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् । 

चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन् । 

उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैया दिइनेछ । माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए । 

तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ