arrow

रहेनन् रवि लामिछानेका सवारी चालक थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
rsp-rastriya-swatantra-party-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । 

४ बैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ बैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । 

उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ