arrow

रविका चालकको मृत्युमा महेशले उठाए प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
ravi-driver-passed-away (8).jpg

काठमाडौं । घरको छतबाट खसेर उपचारका क्रममा मृत्यु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको प्रकरणमा  नेकपा एमालेका नेता महेश बस्नेतले प्रश्न उठाएका छन् ।  बस्नेतले थापाको मृत्यु प्रकरणमा सबै घटना बनावटी भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएका हुन् ।  
 
४ बैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । पूर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरू रातभर रक्सी खाएर जे पायो तेही गर्ने वातावरण हुन्छ भनी बस्नेतले प्रश्न गरेका छन् । 

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ बैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो ।  उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो । बस्नेतले उचित छानबिन गर्नु प्रचण्ड नेतृत्वको सरकारलाई आग्रह गर्दै  पासपोर्ट काण्ड मुद्दा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर्न चेतावनी दिएका छन् ।  


१) ) पुरै समय चुनावी प्रचार रवि सँगै हिँडेका शम्भु सम्भव त पुरै निगरानीमा थिए । रक्सी काहाबाट किने ,कसले किन्दियो? ,पूर्व गृह मन्त्रीको सुरक्षा घेरा भित्रको घर भित्र बसेर ४ बजे सम्म कसरी खाए ? सुन्दा सबै घटना बनावटी जस्तो लाग्छ । आत्म हत्या , दुर्घटना या कसैले मारेको पनि हुन सक्छ जे होस रहस्य के हो कसले किन के कारण यो गर्‍यो खोजिगरौँ ?
२)पूर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरू रातभर रक्सी खाएर जे पायो तेही गर्ने वातावरण हुन्छ र ? सामान्य मान्छेको घरमा नि त्यस्तो हुन्न ।
३) रक्सी खाएर पिसाब फेर्न कौसीमा निस्क्यो चुरोट खान निस्क्यो । रविको घर दुर्गम क्षेत्रमा हो ? घर भित्र ट्वाइलेट हुँदैन , छैन ? ,तल्लो तलामा बसेको भए चुरोट खान बाहिर जन सक्थ्यो मालिकले थाहा पाउला भनेर ? माथिल्लो तलामा बस्ने मान्छे राति ४ बजे चुरोट खान किन बाहिर जान्छ बढी गए झ्यालको छेउ सम्म जाला, बाहिर जाँदैन । 
४) पी ए र ड्राइभर नेताका ९०% विषय थाहा पाउने व्यक्ति हुन । उनको आत्महत्या या हत्या जे भएको भए पनि गम्भीर विषय हो । 
५) रविको ड्राइभर को आवाज दुर्घटनाकै दिन भेन्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको ?
६) तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाव जिते पछि , विजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरू शीर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो
७) उठेका प्रश्नको जबाफ दिन सक्ने कुनै तर्क र नैतिक बल छैन अनि अन्ध भक्त र परिचालित लठैत लगाएर वार रुम चलाएर अश्लील गाली गर्ने , ह्याकर लगाएर आलोचना गर्ने मिडिया र सोसल मिडिया ब्लक गर्ने , फोन गरेर धम्काउने रविको अर्को गम्भीर (साइबर क्राइम ) अपराध हो ।
 ८)यो सबैको उचित छानबिन गर्नु पर्‍यो प्रचण्ड सरकार ! आफ्नो पद जोगाउन मुन्टो नलुकाऊ पासपोर्ट काण्ड मुद्दा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर 
९) रामराजा श्रेष्ठ को टुवैट बाट पनि विषय रहस्यमय छ बन्ने देखिन्छ । हेर्नु होला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ