arrow

रविलाई सरकारमा ल्याउँदा प्रचण्डलाई फाइदा हुने माधवको विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
madhavkumar-nepal-kailali.jpg

गोदावरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । 

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए । 

“राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ”, उनले भने । 

रवि लामिछाने गृह मन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । 

उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने अध्यक्ष नेपालले बताए । 

नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ