arrow

ताँजकोटका बाह्र सय घरधुरी विद्युतको पहुँचमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
Bidhut.jpg
फाइल तस्वीर

हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युतको पहुँचमा पुगेका छन् ।

टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतिकरणको पहुँचमा जोडिएका हुन् ।

ताँजकोटमा भएका कूल एक हजार दुई सय घरधुरी पूर्णरूपमा विद्युतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ । 

गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युत उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

त्यसमा आठ सय ५० घुरधुरी जलविद्युतको पहुँचमा जोडिएको र तीन सय ५० घरधुरी सोलारको विद्युतमा जोडिएका हुन् ।

रु आठ करोड लागतमा कर्पुखोला जलविद्युत् आयोजनाको एक सय १० किलोवाट विद्युत उत्पादन भएको छ भने रु आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनिग्रिडबाट एक सय २५ किलोवाट विद्युत उत्पादन हुँदै आएको छ ।

त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ । उत्पादित विद्युतले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युुत् प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ ।

पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युत आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ ।

विद्युत आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ