arrow

प्रचण्ड सरकारलाई दिएको समर्थन रास्वपाबाट फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
rsp-meeting-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

राजधाीको बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गत पुस १० गते रास्वपा प्रचण्ड नेतृत्वको गठनबन्धनमा सहभागी भएको थियो । रास्वपा सभापति रवि लामिछाने र्नेतृत्वमा सरकारमा सहभागी भएको भए पनि अहिले आएर समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

यसअघि बसेको बैठकले आजका लागि निर्णय गर्ने भन्दै बैठकमा विभिन्न समितिको टुंगो लगाएको थियो । सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन अनेक प्रयत्न गरेको भए पनि अन्ततः सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

सरकारको लय राम्रो नरहेको, नीति तथा कार्यक्रम पुस १० को अनुसार नभएको लगायतका आरोप लगाउँदै रास्वपाले समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ