arrow

ढिस्कोले पुरिएर इलाममा चारको मृत्यु, तीनले जोगाए भागेर ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
Suryodaya_Nagarpalika.png

इलाम । इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ । आज अपराह्न ४ः४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेको प्रहरीको भनाइ छ ।

स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएको इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईले बताए । 

जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ