काठमाडौं । नक्कली शरणार्थी काण्ड प्रभावित हुन सक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
आइतबार एक कार्यक्रममा अध्यक्ष लिङ्देनलेले यस्ता जघन्य आपराधिक कार्य क्षम्य नहुने बताउँदै राजनीतिक शक्ति केन्द्रका आडमा भएका नक्कली शरणार्थी काण्ड प्रभावित हुन सक्ने र आरोपी उम्कन सक्ने खतरा रहेको शंका गरेका हुन् ।
उनले स्वदेशीलाई शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न दोषीलाई निष्पक्ष छानबिन दण्डित गर्नुपर्ने बताए। प्रहरीले गरिरहेको अनुसन्धान कुनै पनि बहानामा रोक्न नहुने बताउँदै अध्यक्ष लिङ्देनले मुलुकमा भइरहेका संस्थागत भ्रष्टाचार अन्त्य नगरी सुशासन कायम हुन नसक्ने र देश समृद्ध हुन नसक्ने बताए ।