arrow

आयल निगमलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
nepal-oil-corporation.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन  युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो । 

गत असार साउनमा मूल्य बढ्दै गएपछि निगम घाटामा गएर तेल खरिद गर्न जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । 

इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई तेल भुक्तानीसहित गरेर गत भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपियाँ पुगेको पुगेको थियो । गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले हाल ऋण घटाएर १२ अर्ब रुपियाँमा झारेको छ ।  

विश्व बजारमा इन्धनको मूल्य घट्दै गएको र सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा नाफा बचत गरेर ऋण चुक्ता गर्न सफल भएको निगमले जनाएको छ ।

तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि निगमले टेकुमा रहेको आफ्नै जग्गा धितोमा राखेर तीन अर्ब रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्क र सरकारले निर्णय गरेर निगमले सार्वजनिक वित्त व्यवस्थापनबाट सात अर्ब रुपियाँ ऋण लिएको थियो । नेपाल सरकारको पाँच प्रतिशत ब्याज र आईओसीको ७.१ प्रतिशत ब्याज तिर्दै आएको निगमले जनाएको छ । 

निगमले हालसम्म आईओसीको बक्यौता तिर्न बाँकी रकमको ७.१ प्रतिशत ब्याजबापत ७० करोड रुपैयाँ र सरकारको १८ करोड रुपियाँ ब्याज बुझाएको जनाएको छ । 

राष्ट्रिय वाणिज्य बैङ्कमा जग्गा राखेर निकालेको तीन अर्ब ऋण भने निगमले चुक्ता गरिसकेको छ । सरकारले सात अर्ब ऋण भने पहिलो किस्ताबापत ७० करोड रुपियाँ मात्र तिरेकोसमेत निगमले जनाएको छ । गोरखापत्रबाट 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ