arrow

रविविरुद्ध सर्वोच्चमा पुगेको रिट निवेदन पेन्डिङमा, अध्ययन गरिँदै [रिटसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ फेरि सर्वोच्च अदालतमा गएका छन् । सफल सोमबार सभापति लामिछाने संसद सदस्य पदमा बहाल रहन योग्य नरहेको भन्दै रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

लामिछाने सांसद रहिरहँदा कानूनी शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तर्गत अन्तरिम आदेश जारी गरी प्रतिनिधि सभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गर्ने रिट निवेदन दर्ता गराउन अदालत पुगेका हुन् ।

सर्वोच्चले उनको रिट निवदेनलाई दर्ता नगरी अध्ययनका क्रममा राखेको छ। यसअघि पनि सफलले रविको संसद यात्रालाई असफल पार्ने प्रयास गरेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ