arrow

एसिया कप पाकिस्तान भन्दा बाहिर ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
asia-cup-cricket-trophy.jpg

काठमाडौं । एसिया कप क्रिकेट पाकिस्तान भन्दा बाहिर हुने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले एसिया कप पाकिस्तान बाहिर गर्ने निर्णय गरेको हो । 

मिडिया रिपोर्टअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता हाइब्रिड मोडलमा खेलाउन गरेको प्रस्ताव अन्य सदस्य देशहरुले खारेज गरेसँगै एसिया कप पाकिस्तान भन्दा बाहिर हुन लागेको हो । 

उक्त हाइब्रिड मोडल भनेको भारतका खेल सबै अन्य देशमा खेलाउने । यद्यपि अझै एसीसीले यो प्रतियोगिता पाकिस्तान भन्दा बाहिर गर्ने औपचारिक घोषणा भने गरेको छैन । 

अब यो प्रतियोगिता श्रीलंकामा हुन सक्ने सम्भावना रहेको छ । 

यो प्रतियोगिता पाकिस्तानमा सेप्टेम्बर २ देखि १७ सम्म हुने कार्यतालिका रहेको थियो । 

पाकिस्तानमा प्रतियोगिता आयोजना भनेसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले पाकिस्तानमा खेल्न अस्वीकार गर्दै तटस्थ मैदानमा खेल्न आग्रह गरेको थियो । 

अहिले भने पाकिस्तानले भारतमा आयोजना हुँदै गरेको विश्वकप नखेल्ने धम्की दिँदै आएको छ । 

भारतले पाकिस्तानमा एसिया कप नखेल्ने हो भने पाकिस्तान पनि भारतमा विश्वकप खेल्न नआउने धम्की दिएको हो । 

पाकिस्तानले आफ्ना खेल भारत बाहिर गर्न पनि भनेको छ । 

एसिया कपमा अहिलेसम्म भारतले ७ पटक, श्रीलंकाले ५ पटक र पाकिस्तानले २ पटक उपाधि जितेको छ । 

नेपालले पहिलो पटक एसिया कप खेल्दैछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशसँगै नेपालले खेल्नेछन् । 

नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । अर्को समूहमा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ