arrow

राप्रपाले गर्‍यो सदन अवरोध 

१५ मिनेटपछि बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
rpp-awarodh.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज ११ बजे शुरु भएको बैठकमा राप्रपाका सांसदले अवरोध गरेसँगै बैठक स्थगित भएको हो । 

बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि सदन अवरोध भएको हो । बैठक शुरु भएदेखि नै राप्रपाका सांसदले अवरोध गर्दै सभामुखको अघि पुगेर नाराबाजी गरेका थिए । 

सांसदहरूले 'कि हामीलाई बाहिर निकाल्नु पर्‍यो कि जनताको कुरा राख्न दिनुपर्‍यो भनेका थिए ।' साथै भ्रष्टाचारीलाई जेल हाल्न माग समेत गरेका छन् ।  

 बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।  यसअघि बोल्ने समय नदिएको भन्दै सांसद अमरेश कुमार सिंहले कपडा फुकालेका थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ