arrow

खाँडका निजी सचिव पनि समातिए, दुवै प्रहरी परिसरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
balkrishna-khand-2079-07-12.jpg

काठमाडौं ।  पूर्व गृहमन्त्री बालकृष्ण खाँडका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि पूर्व गृहमन्त्री खाँडका निजी सचिव केसीलाई पक्राउ गरेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।  

साथै मैजुबाहालबाट पक्राउ बालकृष्ण खाँड र उनलाई  जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको उनले बताए ।

खाँड गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेले खाँणको नाम पनि लिएपछि उनी पक्राउ परेका हुन् । पाण्डेलाई खाँडले रोजेर गृह सचिव बनाएका थिए । अहिले उनीसहित दश जना हिरासतमा रहेका छन् ।  

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।  

खाँडकी श्रीमती मञ्जु खाँड र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवादसमेत यसअघि सार्वजनिक भइसकेको छ ।शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाँडकी श्रीमती मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको पोलेका छन् । 

 यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनी विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

 उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ