arrow

धर्म परिवर्तनको प्रस्ताव आएको कोइरालाको खुलासा

प्रलोभनमा धर्म परिवर्तन गर्नुहुँदैन : नेता कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
shekhar-koirala-2079.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं सांसद डा शेखर कोइरालाले हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेकामा चिन्ता व्यक्त गरेका छन् । आफूलाई धर्म परिवर्तनको प्रस्ताव आएको स्मरण गर्दै उनले सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेकामा चिन्ता व्यक्त गरेका हुन् ।

उनले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन सम्बोधन गर्दै उनले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराए । 

नेता कोइरालाले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई भन्ने र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन, यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौँ ।” 

धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने बताउँदै उनले भने, “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन, सभ्य समाज नभई सभ्य र सुसंस्कृत राष्ट्र बन्न सक्दैन ।” उनले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएकोसमेत उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ