arrow

आरजूलाई कालो झन्डा देखाउन खोज्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
aarzu-deuba.jpeg
तस्बिर – फाइल ।

हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजू राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजूलाई कालो झण्डा देखाउन खोज्ने हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । 

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आएकी आरजूलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ