arrow

भनभनेमा निःशुल्क स्वास्थ्य शिविर, कपिलमणि केसीसहितको विशेषज्ञ टोलीले सेवा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
bhanbhane-gau.jpg

गुल्मी । भनभनेलीहरुका लागि भनभनेलीहरुको सहकार्य भन्ने मूल नाराका साथ जेठ ६ गते शनिबार मदाने गाउँपालिका वडा नं ७ मा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको छ।

मदाने गाउँपालिका वार्ड ७ र भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको संयुक्त संयोजना तथा रेडियो रेसुङाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

उक्त  शिविरमा हाड जोर्नी, दन्त परीक्षण, स्त्रीरोग तथा जनरल फिजिसियन सेवा सहितको विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण गरिने भएको छ । 

उक्त शिविरमा मदाने गाउँपालिका लगायत छिमेकी पालिकाका कुनै पनि बिरामीले सेवा लिन सक्नेछन् । उक्त शिविरमा हाडजोर्नी रोग सर्जन कपिलमणि केसी, जनरल फिसियन सुशील पोखरेल लगायतका विशेषज्ञहरूबाट सेवा प्रदान गरिने भएको छ । 

उक्त शिविरको लागि सिद्धार्थ फर्मास्युटिकल्स प्राली, एसियन फर्मास्युटिकल्स प्राली र कृश मेडिसिन सप्लायर्स बुटवलले निःशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

त्यस्तै लुम्बिनी प्रदेश सरकार,विभिन्न संघसंस्थाहरू, मेडिकल व्यवसायीहरू, स्वास्थ्यकर्मीहरू, विशेषज्ञ चिकित्सकहरूले विभिन्न आर्थिक,नैतिक सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको कुरा संस्थाका अध्यक्ष लोकनाथ पन्थीले बताए । 

पन्थीले जो कोही पनि उक्त शिविरमा सहभागी भई सेवा लिनको लागि अनुरोध गरेका छन् । मातृभूमि, जन्मभूमि,कर्मभूमि र भनभनेलाई माया गर्ने सबैलाई उक्त सामाजिक कार्यमा मन, वचन, कर्मले सहयोग गर्न उनले अनुरोध पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ