arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

खाँडसहित १२ जना थप चार दिन हिरासतमा [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
duplicate-bhutanese-refugee-gang (5).jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडसहित १२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति लिएको छ । 

केही आरोपितका वकिलहरुले थुनामा नराखी हाजिर जमानीमा छाडेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप्न आवश्यक नरहेको बहस गरिरहे पनि उनीहरुको बहस सकिएपछि जिल्ला अदालतले चार दिन म्याद थप गरेको हो ।

भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पूर्वगृहमन्त्री खाँड, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत छन् ।

यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी भने फरार छन् । त्यस्तै बादलका छोरालाई पनि पक्राउ पुर्जी जारी भएको छ । 

duplicate-bhutanese-refugee-gang (6).jpg
duplicate-bhutanese-refugee-gang (7).jpg
duplicate-bhutanese-refugee-gang (8).jpg
duplicate-bhutanese-refugee-gang (1).jpg
duplicate-bhutanese-refugee-gang (2).jpg
duplicate-bhutanese-refugee-gang (3).jpg
duplicate-bhutanese-refugee-gang (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ