- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साझा यातायातले थप ३ वटा विद्युतीय बस सोमबारदेखि संचालनमा ल्याएको छ। ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ।
ती बसहरु साझाले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ।
भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ।