arrow

नवलपुरमा १० महिनामा ६४ सवारी दुर्घटना : २६ जनाको मृत्यु

logo
सञ्जय भट्टराई,
प्रकाशित २०८० जेठ २ मंगलबार
accident-2.jpg

कावासोती । नवलपुरमा चालु आर्थिक वर्षको १० महिना मा ६४ वटा सवारी दुर्घटना हुँदा २६ को मृत्यु भएको छ । 

जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार चालु आ.वको १० महिना जिल्लाका विभिन्न स्थानमा ६४ वटा सवारी दुर्घटना परेर २६ जनाको मृत्यु भएको हो ।

चालु आ.वको १० महिना मध्ये मङ्सिर महिनामा सबैभन्दा धेरै १२ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । 

जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार ६४ वटा सवारी दुर्घटनामा परेर ७७ जना गम्भीर घाइते तथा ९२ जना सामान्य घाइते भएका हुन ।
 
६४ वटा सवारी दुर्घटना मध्ये सबै भन्दा धेरै विनयी त्रिवेणी गाउँपालिकामा १७ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । 

विनयी त्रिवेणीमा भएको १७ वटा दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।कार्यालयका अनुसार सवारी दुर्घटनामा परेर जिल्लाको हुप्सेकोट र बुलिङ्गटार गाउँपालिकामा ५/५ जनाको मृत्यु भएको छ ।

यसैगरि गैँडाकोटमा ८ वटा सवारी दुर्घटनामा २ जना, देवचुलीमा ८ वटा दुर्घटनामा ३ जना, कावासोतीमा १३ वटा दुर्घटनामा २ जना, मध्यविन्दुमा १३ वटा दुर्घटनामा ३ जना र बौदिकालीमा २ वटा दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।

बुटवल नारायणघाट सडक खण्डको बिस्तार समयमै नसकिनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, पहाडी क्षेत्रका सडकको स्तरोन्नति नहुनु तथा भित्री ग्रामीण सडकहरूमा तीव्र गतिमा सवारी हाँक्नु दुर्घटनाका मुख्य कारणहरू भएको नवलपुर ट्राफिक प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ