arrow

राप्रपा बैठकमा चर्काचर्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
rpp-meeting-2079-12-01.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष र केन्द्रीय सदस्यबीच चर्काचर्की भएको छ ।  

अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय सदस्य किशोर कार्कीबीच बैठकमै चर्काचर्की भएको हो । अन्य दलसँग पार्टी लागेको आरोप कार्कीले लगाएपछि लिङ्देन रिसाएका हुन् । 

कार्कीले हिजोका दिनमा चोर नेता भन्ने अहिले आफू पछि लाग्ने भनेका थिए ।  सो सुनेपछि लिङ्देनले कार्कीलाई कारबाही गर्नेसम्मको चेतावनी दिएका थिए । 

हिजोबाट शुरु भएको बैठक भोलिसम्म चल्नेछ ।  बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङङ तथा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ