arrow

राप्रपा बैठकको आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
rpp-central-committee-2080-02-01.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्दै छ । काठमाडौँको धुम्बराहीमा सोमबारदेखि शुरु भएको बैठकको आज अन्तिम दिन हो । 

बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका हुन् ।

सोमबारदेखि काठमाडौंमा शुरु भएको बैठकमा अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नुपर्नेलागयत सुझाव दिएका छन् । प्रतिवेदनमा पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवद्र्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दूराष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूबाट आउने सुझावका आधारमा आज आगामी कार्यदिशा तय गर्नका लागि महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

बैठकको क्रममा अध्यक्ष र केन्द्रीय सदस्यबीच चर्काचर्की समेत भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ