arrow

यी निर्णय गर्‍यो राप्रपाले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
rpp-central-committee-2080-02-01.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ । 

राप्रपाको जेठ १ गते सोमबारदेखि बुधबारसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिले सो निर्णय गरेको हो । 

राप्रपाका सगुनसुन्दर लावतीले प्रेस विज्ञप्ति जारी गर्दै बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जनसहित पारित गरेको जानकारी दिए ।

यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानून बमोजिम कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । 

पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित सङ्ख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय भएको छ । 

राप्रपाले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ