arrow

सर्वोच्च फैसलापछि यसो भने रेशम चौधरीले

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
resham-chaudari.JPG

काठमाडौं । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको बताएका छन् । 

सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि  बुधबार एक विज्ञप्ति प्रकाशित गरी उनले यस्तो बताएका हुन् ।

 “हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु” विज्ञप्तिमा उनले भनेका छन् । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीले सर्वोच्च ले गरेको फैसला स्विकार्नुको विकल्प नभएको बताएका छन्  । 

विज्ञप्तिमा उनले भनेका छन्, “मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न, हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्न हुन अनुरोध गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ