arrow

क्रिष्टियानिटी बढाउन चलखेल

नेपालमा धार्मिक कूटनीति गर्दै अमेरिका, धार्मिक समुदायको दुर्दशा भएको रिपोर्ट

भारतले स्वीकारेन, नेपाल बोलेन, दुई सय देशको चिरफार गर्ने लोकतान्त्रिक अमेरिकाले आफ्नो देशको रिपोर्ट नै समेटेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
world-map-religion.JPG

काठमाडौं । अमेरिकाले नेपालमा धार्मिक समुदायको दुर्दशा भएको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ मा नेपालमा धार्मिक समुदायको दुर्दशा भएको दाबी गरिएको हो । 

उनले नेपालसहित भारतमा जोड दिएका छन् । यसको अर्थ हिन्दूको बाहुल्य भएको देशमा धार्मिक समुदायको दुर्दशा भएको बुझाउन खोजेका छन् । 

अमेरिकाले जारी गरेको १३ पृष्ठको लामो प्रतिवेदनमा नेपालको धार्मिक सांस्कृतिक अवस्थाका बारेमा चर्चा गरेको छ । प्रतिवेदनमा सन् २०२२ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाहरूलाई समावेश गरिएको छ । 

जसमा धर्मान्तरण गराउने क्रिश्चियन धर्मावलम्बीलाई पक्राउ गरिएकोसमेत उल्लेख छ । नेपालमा तिब्बती बौद्ध धर्मावलम्बी नेताहरूले धार्मिक गतिविधि गर्न पछिल्लो वर्ष सहज भए पनि क्रिश्चियनलाई कठिनाइ बन्दै गएको अमेरिकी विश्लेषण छ । 

तिब्बती बौद्धहरूले गैरराजनीतिक कार्यक्रम गर्न खुकुलो भएको तर क्रिश्चियनहरूमाथि जबरजस्ती धर्मान्तरणको नाममा कानूनको अत्यधिक प्रयोग गर्ने गरिएको उल्लेख छ । 

प्रतिवेदनमा नेपालमा फरक धर्म वा धार्मिक आस्था राख्नेहरूमाथि कानूनको अत्यधिक प्रयोग वा दुरुपयोग भएको उधृत गरिएको छ । 

यता प्रतिवेदनमा भारतमा धार्मिक स्वतन्त्रताप्रति चिन्ता व्यक्त गरिएको छ । धेरै राज्यहरूमा धर्म परिवर्तनमा कानूनी प्रतिबन्ध रहेको बताइएको छ । 

मुस्लिमहरू लगातार लक्षित र भेदभावको शिकार भइरहेका छन् । 

नेपाल मौन, भारतले अस्वीकार गर्‍यो  रिपोर्ट
यसरी क्रिष्टियनहरु बढाउन अनेक हत्कण्डा अपनाउँदै आएको अमेरिकी यो रिपोर्टप्रति नेपाल सरकारले भने केही बोलेको छैन । 

प्रतिवेदनमाथि अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । 

तर भारतले भने अमेरिकी सरकारको यो रिपोर्टलाई अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसलाई ’त्रुटिपूर्ण’, ’प्रेरित’ र ’पक्षपाती’ भनेका छन् ।  

बागचीले यो प्रतिवेदन ‘गलत सूचना र गलत बुझाइ’ मा आधारित भएकोमा दुःखको विषय भएको बताए । 

उनले भने, ‘केही अमेरिकी अधिकारीहरूले उत्प्रेरित र पक्षपाती रूपमा टिप्पणी गरेका छन्, जसले त्यस्ता रिपोर्टहरूको विश्वसनीयतालाई कमजोर पार्ने काम गर्दछ ।’  

संसारभरका देशहरूमा धार्मिक स्वतन्त्रताको बारेमा रिपोर्ट जारी गर्ने अमेरिकाले आफ्नो ठाउँको बारेमा भने उल्लेख गरेको छैन । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा दुई सय देशको जानकारी भए पनि अमेरिकाको नाम उल्लेख छैन ।  

क्रिश्चियनको बाहुल्य रहेको अमेरिकामा अल्पसंख्यकहरूको अवस्था भने राम्रो छैन ।  त्यहाँ अल्पसंख्याकहरुमाथि कुटपिटदेखि लिएर मन्दिर मस्जिदमा आक्रमण हुने गरेको छ । त्यहाँ हिन्दू, सिख, मुस्लिममाथि अमानवीय व्यवहार हुने गरेको पाइएको छ ।  

सन् २०१९ मा एक हिन्दू पुजारीलाई न्यूयोर्कमा धार्मिक लुगा लगाएको कारण कुटपिट गरिएको थियो । २०१९ मा केन्टकीको स्वामीनारायण मन्दिरमा आक्रमण भएको थियो । आक्रमणकारीहरूले मूर्तिलाई कालो पोते । मन्दिरको भित्तामा पनि ‘येशू मात्र ईश्वर हुन्’ लेखिएको थियो ।

अप्रिल २०२२ मा, न्यूजर्सीको हाइल्यान्ड पार्कमा हिजाब लगाएकी महिलाको तस्बिर केही व्यक्तिहरूले स्प्रेले पेन्ट गरे । जनवरी २०१७ मा एक व्यक्तिले एयरलाइन्समा काम गर्ने एक मुस्लिम कर्मचारीलाई लात हाने र कराएर भने, ‘अब यहाँ ट्रम्प छ । उनले तिमीहरू सबैलाई हटाउने छन् । अप्रिल २०१५ मा, उत्तरी टेक्ससको एक मन्दिरमा तोडफोड गरियो र यसको भित्ताहरूमा अश्लील तस्बिरहरू बनाइयो । यसअघि आक्रमण हुने क्रम जारी नै रहेको छ ।

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको प्रतिवेदनले अमेरिकामा अल्पसंख्यक समुदायविरुद्ध ‘घृणा अपराध’ बढेको उल्लेख गरेको छ । 

एफबीआईको रिपोर्ट अनुसार सन् २०२१ मा अमेरिकामा सात हजारभन्दा बढी घृणित अपराध भएका थिए । तीमध्ये एक हजारभन्दा बढी धार्मिक आधारमा थिए । घृणित अपराधका अधिकांश पीडित यहूदीहरू छन् । 

सन् २०२१ मा यहूदीहरूविरुद्ध घृणा अपराधका ३२४ घटनाहरूमा मुद्दा दर्ता गरिएका थिए । त्यस्तै सिखहरूविरुद्ध २१४ मुद्दाहरू दर्ता गरिएको थियो ।

यसबाहेक मुस्लिमविरुद्ध ९६, क्याथोलिकविरुद्ध ६२, बौद्धविरुद्ध २९ र हिन्दूविरुद्ध १० मुद्दा दर्ता भएका छन् । 

धार्मिक आधारमा १० वर्षमा १२ हजार ७ सय ३८ घृणित अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ७ हजार २ सय ४३ मुद्दा यहूदीहरूविरुद्ध थिए । 

जहाँ मुस्लिम विरुद्ध १ हजार ८ सय ६६, सिखविरुद्ध ४ सय ३१ र हिन्दूविरुद्ध ६४ मुद्दा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ