सबै भ्रष्टाचारका मुद्दामा छानबिन शुरु भइसक्यो – प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
991
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थीको प्रकरणको मुद्दामात्र नभइ सरकार ठूला खाले सबै भ्रष्टाचारका मुद्दामा छानबिन भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद सर्वेन्द्रनाथ शुक्लको प्रश्नमा प्रचण्डले यो भ्रष्टाचार विरुद्धको अभियान शुरु भइसकेको भन्दै यसलाई अब निष्कर्षमा पुर्याएरै छाड्ने बताएका हुन् ।
उनले नीतिगत भ्रष्टाचारका कारण मुलुक थिलोथिलो भएको भन्दै अब यो नरोकिने बताउँदै भ्रष्टाचार विरुद्धको अभियान चलाउने सही समय भएको पनि बताए ।