arrow

शुक्रबार सरकारको नीति तथा कार्यक्रम, राष्ट्रपति पौडेलले ४ बजे प्रस्तुत गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोशाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८–७९ पेश भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८–७९’ पेश गरेका हुन् । 

प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि साँझ ६ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ