arrow

‘स्वर्ग छ भने यही नै हो’ धार्मिकस्थल पाँचपोखरी [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
panchpokhari-tourism- (1).jpg
तस्बिर – पाँचपोखरी, नेपाल फोटो लाइब्रेरी ।

सिन्धुपाल्चोक  । चार हजार दुई सय मिटरको उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरी पुग्दा त्यो दृश्य देखेपछि जोकोही रमाउँदै भन्छन्,‘ स्वर्ग छ भने यही नै हो ।’

पाँचपोखरी गाउँपालिका वडा ३ भोताङको छिम्ती गाउँ बजारबाट झण्डै दुई दिनको पैदल यात्रा कष्ट सुन्दरतम् पाँचपोखरीको दृश्यले पूरा भुलाइदिन्छ । भीर काट्दै बनाइएको ‘एडभेन्चर’ (२२किलोमिटर) पदमार्गबाट नोस्याम, तप्खर्क, तोरपुली हुँदै लौरी विनायक, भूमेदेवको भीरको कलात्मक द्वारले स्वागत गर्छन् ।’

सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दू धर्मको महत्व बोकेको धार्मिकस्थल हो पाँचपोखरी । इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँचपोखरी सबैका बेग्लाबेग्लै नाम छन्– भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड।

यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ।

पाँच पोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ। जनैपूर्णिमाको दिन सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र मेलम्ची नगरपालिका दुवैतिरबाट जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्दछ।

पाँच पोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ।

पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँच वटा पोखरी परिक्रमा गरेमा पापमोचन हुने र मनले चिताएको पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

पाँचपोखरी रहेको स्थलबाट करिब एक घण्टाको उकालो यात्रा गरेपछि त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । मौसम खुलेको बेला सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

उचित प्रचार प्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तब्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकाससमेत हुन सकेको छैन ।

विशेष गरी पाँचपोखरीमा जनै पूर्णिमाको अघिल्लो दिन र मंसिर पूर्णिमाका दिन विशेष मेला लाग्छ ।

हेर्नुहोस हिउँले ढपक्कै ढाकेको पाँचपोखरी–

panchpokhari-tourism- (2).jpg
panchpokhari-tourism- (3).jpg
panchpokhari-tourism- (4).jpg
panchpokhari-tourism- (5).jpg
panchpokhari-tourism- (6).jpg
panchpokhari-tourism- (7).jpg
panchpokhari-tourism- (8).jpg
panchpokhari-tourism- (9).jpg
panchpokhari-tourism- (10).jpg
panchpokhari-tourism- (11).jpg
panchpokhari-tourism- (12).jpg
panchpokhari-tourism- (13).jpg
panchpokhari-tourism- (14).jpg
panchpokhari-tourism- (15).jpg
panchpokhari-tourism- (16).jpg
panchpokhari-tourism- (17).jpg
panchpokhari-tourism- (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ