arrow

'चीनले नेपाललाई ऋण जालमा फसाउन खोज्यो'

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
nepal-yekata-campagin-janakapur.jpg

काठमाडौँ। राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेको बताएका छन्।

जनकपुरमा अभियानले आयोजना गरेको नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक बिचार गोष्ठीमा बोल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलङ्का बनाउन रणनीति बनाइरहेको बताएका हुन्।

उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे। उनले भने,'उत्तर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेको छ, चीनले देश भित्र राजनीतिक हस्तक्षेप गर्नुका साथै अघोषित नकाबनन्दलाई निरन्तरता दिइरहेको छ।'

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यन्त्र गरिरहेको समेत खुलासा गरे। उनले भने,'चीनको तिब्बती करण गर्ने षड्यन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।'

त्यसै गरी गोष्ठीमा साहित्यविद् सुदर्शन लाल कर्णले नेपाललाई श्रीलङ्का बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए। उनले भने,'चीनले नेपाललाई श्रीलङ्का बनाउनु खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।'

उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको पनि जिकिर गरे। उनले भने,'चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।' हाम्रो देश आर्थिक सङ्कटमा फसेको बेला कैलाश मानसरोवर यात्रा गराउने कम्पनी सँग चीनले ८० लाख रूपैँया धरौटी को नाम मागनू सङ्कटको बेला घाटी रेतेको साबित भएको छ। कैलाश भ्रमण गर्न आउने पर्यटकहरूलाई अनावश्यक यातना दि चीनले नेपालको पर्यटन व्यवसाय ध्वस्त पारी नेपालको आर्थिक समस्यामा पारी त्यसको फायदा उठाउन खोजेको आरोप लगाउनु भएको छ।

संविधानसभा सदस्य बिपी यादवले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने जिकिर गरे।

उनले भने,'कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझ्दिने त कहिले काठमाडौँमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।'

हिन्दी अभियन्ता रमन पाण्डेयले सनातन संस्कृति नेपालको आत्मा भएको बताए। उनले भने,'समाजमा चली रहेको जातीय द्वन्द्व लाई समाधान गर्न राष्ट्रिय एकता को सूत्र हिन्दु संस्कृति नै हो त्यस कारण देशलाई सङ्घीय हिन्दु गणतन्त्र कायम गरी अघि बढ़णु पर्ने अहिलेको आवश्यकता रहेको छ।'

कार्यक्रममा धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण , मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, डा. वीरेन्द्र कुमार, प्राध्यापक बालकेश्वर ठाकुर, धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण, वन्दना पाण्डेय लगायतले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलङ्का बनाउन खोजिरहेको भन्दै सतर्क हुन जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ