arrow

रविले निस्सा पेस नगरी पुनः नागरिकता लिने काम गरेको भनेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg

काठमाडौं ।  कांग्रेस सांसद अजय चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस नगरी पुनः नागरिकता लिने काम गरेको जिकिर गरेका छन् । सदनमा चौरसियाले यस्तो आरोप लगाएपछि रविले अदालतमा विचाराधीन विषयलाई संसदमा उठाएको भन्दै कांगेस सांसद चौरसियाको विरोध गरेका छन् । 

चौरसियाले भनेका थिए , ‘नागरिकता बदर भएर, बाहिरको नागरिकता त्यागेको निस्सा पेस नगरीकन पुनः नागरिकता लिने काम गरियो ।’ रविले सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे ।  

अदालतमा विचाराधीन विषयलाई संसदमा उठाउन नपाउने भएकाले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने रविकको भनाई थियो । उनले सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि बताए । उनले अदालतमा विचाराधीन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराए ।

रविले भने, ‘सम्माननीय सभामुख महोदय, सम्मानित अदालतमा भएको विषयलाई रोष्टममा बसेर उठाएर माननीयजीले के कुरा गर्न खोज्नुभएको हो ?  तपाईँको जानकारीका लागि माननीयज्यू, सम्मानित अदालतमा मैले नमागे पनि अस्तिका दिन गएर बुझाएर त्यसलाई दर्ता गराएर उपलब्ध गराएको छु । र, नेपाल सरकारसँग, सम्मानित अदालतसँग र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरू उपलब्ध गराइसकेको छु । सम्मानित अदालतको विषय संसदमा उठाउन पाइँदैन सभामुख महोदय ।'

उनले थपे,'  म गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु । हल्लाको भरमा लेखिएको न्युजको हेडलाइनको विषयलाई लिएर तपाईँले ससंदमा कुरा उठाउनु भयो भने यस्ता कुराहरू यति धेरै हुन्छन् कि यो संसदमा त्यही मात्रै कुरा हुन्छ । तपाईँले आफ्ना कुराहरू राख्नु होला, आफ्ना विषयहरू राख्नुहोला । हल्लाको भरमा आरोप लगाएर संसद्को रोष्टममा बसेर यस्तो कुरा गर्ने हो भने सभामुख महोदय, यो संसद्को गरिमा कहाँ पुग्छ ? यो कुरा संसद्को रेकर्डबाट हटाइयोस् । भन्ने माग गर्न चाहन्छु । यो हल्लाको विषय प्रस्तुत गर्ने ठाउँ होइन ।’

त्यसपछि सभामुख देवराज घिमिरेले त्यस विषयमा थप कुरा नगर्न सांसद चौरसियालाई सचेत गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ