arrow

नक्कली भुटानी शरणार्थी प्रकरण 

अदालतबाट छुट्नासाथ पक्राउ गर्ने गरी अभियोगपत्र

सम्पत्ति शुद्धीकरण र अख्तियारले नछाड्ने, सम्पत्ति रोक्काको प्रक्रिया पूरा गरेर अदालतमा जानकारी गराइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
topbahadur-rayamajhi-balkrishna-khand.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड लगायतका १६ जना अदालतको आदेशमा छुटे पनि फेरि सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा पक्राउ पर्ने संभावना बढेको छ । 

सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटी जाने भएमा सम्बन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएको भन्दै सम्पत्ति शुद्धीकरणमा पनि अर्को मुद्धा जाने जनाएको छ । 

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखी पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोगपत्रमा उल्लेख गरिएको हो । 

यस्तै प्रतिवादीहरुको पासपोर्ट रोक्का राख्न पनि आग्रह गरिएको छ । यस्तै उनीहरुको सम्पत्ति रोक्काको प्रक्रिया पूरा गरेर अदालतमा जानकारी गराइने पनि अभियोजनपत्रमा उल्लेख छ ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।  

गजेन्द्र बुढाथोकीसहित नेपाल सरकार वादी भएको मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । 

यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, बालकृष्ण खाँड, आङ्टावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरु सबै प्रहरीको हिरासतमै रहेका छन् । 

यस्तै फरार रहेकाहरु लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा रहेका छन् । उनीहरुलाई पनि फरार आरोपीको रुपमा अभियोजन दर्ता गरिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ