arrow

रविले पारे स्पष्टः घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीृका सभापति रवि लामिछानेले आफूमाथि पटक पटक मुद्दा दर्ता गर्नेमाथि वाक्क भएको सन्देश दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान चार वटा तथ्य मिसाएर आफूले अमेरिकी नागरिकता त्याग गरेको सक्कल निस्सा त्यागेर पुनः नेपाली नागरिकता लिएको र अमेरिकी राहदानीको सक्कल निस्सासमेत सर्वोच्च अदालतमा बुझाइसकेको बताएका छन् । 

उनले लेखेका छन्, ‘मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। 
१, सर्वोच्च अदालतको  मिति २०७९–१०–१३को फैसलाको प्रकरण नं २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।  
२, अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु ।
३, अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएँ । टेलीभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ । 
४, घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’

उनीमाथि बुधबार अर्को रिट सर्वोच्च अदालतमा परेको छ । रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको हो । 

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपिबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो । 

यसअघि सफलले दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । 

उक्त आदेश पछि बुधबार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरी कायम नरहेको नागरिकताको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएर निर्वाचित भएको प्रतिनिधि सभा सदस्य बन्न लामिछाने अयोग्य रहेकाले बदरको माग रिट निवेदनमा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ