arrow

कुमारी बैंकको १४ लाख भन्दा बढी कित्ताको शेयर आजबाट बिक्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
kumari-bank-limited-logo.jpg

काठमाडौं । कुमारी बैंकले आफ्नो संस्थापक शेयर शुक्रबारबाट बिक्रीमा राखेको छ। बैंकको १४ लाखभन्दा बढी कित्ताको शेयर बिक्रीमा राखिएको हो । 

बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 


बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

यो लिलामी शेयरमा यही जेठ १९ गते दिउँसो १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ