- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलाम भन्ने बित्तिकै धेरैको सोचमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । मान्छेलाई लोभ्याउने इलाममा चिया बगानसँगै अन्य धेरै स्थान छन् ।
त्यसमध्ये एक हो, इलामको सूर्योदय नगरपालिका ५ मा रहेको श्री अन्तु डाँडा श्री अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । श्री अन्तु समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा अवस्थित छ ।
अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक एवं नेपाल भारतको एक पूर्वी नाका बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दूरीमा पर्दछ ।
यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।