ताइवान स्ट्रेट हुँदै अगाडि बढ्यो चिनियाँ विमानवाहक जहाज
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
1.9k
Shares
ताइपेई । शान्डोङ विमानवाहक सहित तीन वटा चिनियाँ जहाजहरू शनिबार ताइवान स्ट्रेट हुँदै पार भएको यहाँको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ ।
‘शान्डोङ विमान वाहकको नेतृत्वमा तीन जहाजहरूको फ्लोटिला आज दिउँसोतिर ताइवान स्ट्रेट हुँदै मध्य रेखाको पश्चिममा उत्तरतर्फ लागेको छ’, मन्त्रालयले जनाएको छ ।