arrow

बुटवलमा चन्द्र ढकालको लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा

logo
नारायण वली,
प्रकाशित २०८० जेठ १४ आइतबार
lumbini cabul car-2.jpg

रुपन्देही । करिब एक वर्ष दुई महिना अगाडिदेखि बुटवलमा निर्माण गर्न लागेको लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आउने भएको छ । केबलकार सञ्चालकले आइतबार केबलकार निर्माण गरिएको बमघाटमा नै पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो ।

सम्मेलन उक्त केबलकारका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा गरिएको थियो । ४९ जना र ५१ प्रतिशत आईएमईको ५ अर्ब लगानीमा निर्माण गरिएको केबलकार १ वर्ष २ महिनामा निर्माण कार्य सम्पन्न भएको छ । केबलकारमा २५ वटा गन्डोला रहेको र एउटामा ८ जना बस्न मिल्ने सञ्चालक ढकालले पत्रकार सम्मेलनमा बताउँदै सातै प्रदेशमा केबलकार सञ्चालनमा ल्याउने जनाए ।

उनले तोकिएको समयावधि भित्र सञ्चालन गर्ने भने पनि विभिन्न कानूनी अड्चनका कारण केही समय ढिला भएको जनाउँदै आफूहरुले ढिलै भए पनि बुटवलमा केबलकार सञ्चालन गर्न सफल भएको बताए ।

बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिकामा रहेको बसन्तपुर डाँडासम्म सवार गराउने र बसन्तपुरमा कामक्ष मन्दिर बनाएर धार्मिक एवं पर्यटन क्षेत्रलाई समेट्ने लक्ष्यका साथ अगाडि बढेको उनले उल्लेख गरे । १५० बेडको क्यासिनो सहितको होटल बनाउने र विशेषगरी भारतीय र बोद्धधर्माबलम्बी पर्यटकहरुको आगमन गराउने लक्ष्य रहेको उनले जनाए ।

बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यस केबलकारले यसक्षेत्रका होटल, पर्यटन क्षेत्र लगायतलाई फाइदा पुग्ने सञ्चालक ढकालको विश्वास छ ।

उनका अनुसार केबलकार सञ्चालनमा आएपछि बुटवलमा आउने पर्यटनलाई १२ दिनसम्म बस्ने गरी पर्यटन क्षेत्रको विकास गरिनेसमेत जनाए । उनका चन्द्रागिरी, मौलाकाली र बुटवल गरी ३ वटा केबलकार भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ