- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कैलालीको टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरी भए ६ वर्षपछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायँमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलिपल्ट नै सोमबार बिहान चौधरी जेलमुक्त भएका हुन् ।
गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसला सदर गरेपछि उनी २०९४ सालसम्म जेल बस्नु पर्ने थियो । तर सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ वर्ष अगाबै जेलमुक्त भएका हुन् ।
डिल्लीबजार कारागारबाट जेल मुक्त हुँदा उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन् ।
उनकी पत्नीसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी थिइन् ।
उनको स्वागतका लागि बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । तर सामाजिक सञ्जालमा भने सरकारको यस निर्णयको चौतर्फी विरोध भएको छ ।
चौधरी २०७४ फागुनमा पक्राउ परेका थिए ।