arrow

नेपाल पहिलो पटक मलेसियासँग टी–२० क्रिकेटमा पराजित, दोस्रो खेल भोलि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
nepal-malaysia-t20-.jpeg

काठमाडौं । नेपाल मलेसिया विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पराजित भएको छ । घरेलु वाईएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा मलेसिया ५ विकेटले विजयी भएको हो ।

नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार व्यहोरेको हो । यसअघि मलेसियासँग भएका तीन टी–२० मा नेपाल अपराजित रहेको थियो ।

नेपालले दिएको ५१ रनको सामानय लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

वान जुलियाले १३ तथा हमिजाहले अविजित १२ रन बनाइन् । 

नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान २–२ तथा कविता कुँवरले १ विकेट लिइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा अलआउट हुँदै मात्र ५० रन बनायो । 

डेब्यु खेलाडी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । ज्योती पान्डेले ११ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंक खडा गर्न सकेनन् । 

नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २–२ विकेट लिइन् ।

नेपालका लागि यू–१९ टिमकी कप्तान कीर्तिका मरासिनी र सम्झना खड्काले डेब्यु गरेका थिए ।  

जितसँगै मलेसियाले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ