arrow

प्रेम सुवालले गरेनन् बजेटको समर्थन [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prem-suwal-bhaktapur-1-nemakipa-mp-2079-2022.jpg

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् ।

उनले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बजेटको समर्थन गर्न नसक्ने बताएका हुन् । 

उनले बजेटमा मलखादको प्रत्याभुति नगरिएको बताए । 

उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए । उनले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताए । 

सांसद सुवालले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने कुरा आउन नसकेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ