arrow

सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
cnet-shope-showroom.jpg

ललितपुर। नारायणी अटो बिजनेस प्रालिले “सिएट सपी” नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ। यसको उद्घाटन सिएट इन्डिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावज्यूले आयोजित समारोहको शुभारम्भ गरेका छन्।

कार्यक्रममा बोल्दै रावले भने, “सिएट टायरको यस नयाँ सोरुमले नेपाली ग्राहकहरूको बद्लिँदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ।” उनले सिएट, इन्डिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छवि लाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए।

यस्तै गरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्रान्डसँग जोडिन पाउँदा  आफूलाई हर्ष एवं गौरवको अनुभव भएको बताए। यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशे ढुङ्गा साबित हुने पनि उनले बताए।

कार्यक्रममा बोल्दै सिएट, इन्डियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरू बारे प्रस्ट पार्नु भयो।

यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता  एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले भने,“यस टायर लामो समयदेखि  नेपाली ग्राहकहरूको पहिलो रोजाई पर्न सफल ब्रान्ड हो। हामी निरन्तर ग्राहकहरूलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।”

यस नयाँ सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरूप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जानकारी गराएको छ।
अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाईभ स्टारको मान्यता प्राप्त गरेको छ। गाडीहरूको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरूले पनि सम्पन्न छ। त्यसै गरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ