arrow

सांसदलाई पाँच करोड दिनु नीति निर्मातालाई ठेकदार बनाउनु हो – रवि लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
ravi-lamichhane-budget-2080.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटमा आकांक्षा देखिए पनि लक्ष्य प्राप्त गर्ने आधार नदेखिएको बताएका छन् । 

सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले लोकप्रियतालाई ध्यानमा लिइएको, स्टार्टअपहरुका लागि राम्रा काम भए पनि लक्ष्य भने प्राप्त गर्न नसकिने देखिएका छन् । 

उनले निर्वाचन क्षेत्रमा पाँच करोड दिने काम गलत भएको उनले बताए । उनले पार्टीले यसको विरोध गरेको जनाएका छन् । 

लामिछानेले आफूहरु कानून बनाउने मान्छे भएकाले नीति निर्मातालाई ठेकेदार बनाउने काम भएको बताए । 

सरकारले साविकको सांसद विकास कोषअर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम ब्युँत्याएको हो । 

आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत खारेज गरिएको यो कार्यक्रमलाई अहिले संसदीय क्षेत्र विकास कार्यक्रमका रूपमा फेरि ल्याइएको छ । “निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु”, संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले भने । 

यो कार्यक्रम कार्यान्वयन गर्न आगामी आवका लागि सरकारले रु आठ अर्ब २५ करोड विनियोजन गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ