arrow

दुई संसदीय समितिको बैठक जारी, चार वटा बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
samsadiya-samiti-meeting-2080-02-15.jpg

काठमाडौं ।  आज ६ बटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्ने तय भएको छ । 

आज स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, महिला तथा सामाजिक मामिला समिति, संसदीय सुनुवाइ समिति र उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । 

हाल संसदीय सुनुवाइ समिति र  उद्योग वाणिज्य र श्रम तथा उपभोक्ताहीत समितिको बैठक  सिंहदरबारमा जारी छ । 

अन्य शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजेबाट शुरु हुदैछ ।   राष्ट्रिय सरोकार तथा समन्वय समिति र  महिला तथा सामाजिक मामिला समितिको बैठक  पनि बिहान ११ बजे बस्नेछ ।  त्यस्तै  विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ