कुमारी बैंकले सात लाख बढी कित्ता शेयर बिक्री गर्दै
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
1.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । कुमारी बैंकले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।
यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १२१ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । शेयर खरिदका लागि यही जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ।