arrow

सहकारीको बेथिति

दर्तासमेत नभएको सहकारीबाट लाखौं झ्वाम पार्ने योजना, संचालक नियन्त्रणमा

logo
नारायण वली,
प्रकाशित २०८० जेठ १७ बुधबार
sunaulo-sahakari-butwal.jpg

रुपन्देही । मंगलबार राति ८ बजेतिर बुटवल उपमहानगरपालिका वडा न-११ देवीनगर होराइजन चोक अगाडि सर्वसाधारणहरु खचाखच भीड थियो ।  झट्ट हेर्दा द'र्घटना, झगडा जस्तो देखिएको उक्त भीडमा रुवाबासीसमेत चलेको थियो । सो क्रममा कसैले फोटो, भिडियो खिच्दै थिए, कोही निराश त, कोही आक्रोशित देखिन्थे ।

तर त्यहाँ पुग्दा भने फरक घटना थियो । सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय अगाडिको दृश्यलाई बुझ्दा सहकारीबाट ठगिएका पीडित बचतकर्ताहरुको उपस्थिति थियो । सहकारीको होर्डिङ बोर्डमा दर्ता २०७८/०७९ लेखिएको तर शाखा कार्यालय हो कि प्रधान कार्यालय कुनै स्पष्ट देखिएन ।

सहकारी कार्यालय नजिकका एक व्यापारीका अनुसार एक वर्ष अगाडि खुलेको बताए । दैनिक मजदूरी गरेर खाने र आफ्नो कलालाई सडकपेटीमा बसी मनकारी दानीहरुबाट प्राप्त रकमलाई जम्मा गरेका अपाङ्गता भएकाहरुलाई पटकपटक जाँदा पैसा नदिएको र करिब ६० लाख रुपैयाँ हिनामिना गरेको आशंकामा मंगलबार आक्रोशित बचतकर्ताहरुले कार्यालय घेराउ गरी आफूहरुको पैसा फिर्ता गर्न माग गर्दै उक्त सहकारीकी सञ्चालक तथा कर्मचारी झापाकी सिर्जना तामाङ र स्याङ्जाका आर्यन क्षेत्री समक्ष अपील गरे । तर उनीहरुले यसबारे कुनै जवाफ दिएनन् ।

राति १० बजेसम्म पनि कुनै निकास नदिने, प्रष्ट रुपमा बचतकर्ताहरुलाई सम्बोधन गर्न नसकेपछि रातिमा हुनसक्ने घटनालाई मध्यनजर गरी वडा प्रहरी कार्यालय रामनगर बुटवलबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले बुधबार पीडित बचतकर्ताहरुसँग छलफल र सहकारीको वैधानिक आधिकारिकतालगायत विषय अनुसन्धान गरिने भनेर सहकारी प्रमुख तामाङ र क्षेत्रीलाई राति नै प्रहरीले नियन्त्रणमा लियो ।

बचतकर्ताहरुले ६० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।  सहकारीले ठ्याक्कै कति रकम हिनामिना गरेको छ भन्ने तथ्य पुष्टि भएको छैन । यस विषयमा आज वडा प्रहरी कार्यालय बुटवलमा छलफल गरिने भएको छ ।

यता सुनौलो बहुउद्देश्यीय सहकारीको सञ्चालन समितिसमेत नभएको, स्थानीय पालिकामा दर्ता नभएको र जिल्ला सहकारी संघ रुपन्देहीमा समेत दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले जनाएका छन् ।

बुटवल वडा न-११ नजिक रहेको सहकारी आन्तरिक नभइ बाहिर आएर शेयर कर्ता नगराई दैनिक बचत रकम उठाउने गरेको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ