arrow

नागरिकता विधेयकमा कोही बाधक नबनोस् : नेता निधी

पाँच वर्षमा तीन जना प्रधानमन्त्री हुने दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
bimalendra_nidhi_final.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गरेका छन् । 

पूर्वउपप्रधान तथा गृहमन्त्री निधीले बुवाआमाको नागरिकता भएर पनि सन्तान नागरिकताविहीन रहेको अवस्था मधेसको घर–घरको समस्या रहेकाले संविधानको अवधारणाविपरीत नागरिकको भविष्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नरहेको बताए ।

जेठ २६ गते अदालतले दुवै पक्षलाई बोलाएको जानकारी गराउँदै निधीले अदालत संविधानको मर्मअनुसार नै आएको नागरिकता कानूनको बाधक नबन्नेमा कांग्रेसलाई विश्वास रहेको भन्दै यदि अवरोध भए आन्दोलनको तयारी अवस्थामा रहन नेता, कार्यक्रतालाई निर्देशन दिए ।

नेता निधिले यो सरकार पाँच वर्ष चल्ने र तीन जना प्रधानमन्त्री बन्ने समेत बताए । पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (हाल), दोस्रो माधव नेपाल र तेस्रो शेरबहादुर देउवा हुने नेता निधिले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ