arrow

कार्कीको सुनुवाई बिहीबार [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
pashupati jabra .jpg

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाई आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाई समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।

कार्यतालिकामा उजुरीकर्ताहरुसँग छलफलका लागि जेठ ३० गते बुधबार बिहान ११ बजेको समय तोकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई गर्ने र सो प्रस्ताव अनुमोदन गर्नेलगायतका सचिवालयको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

उनले भने, ‘उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई वा अन्य विधिबाट उजुरीको पुष्टियाई, औचित्यता स्पष्ट पार्नका लागि आमन्त्रण गर्ने प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने र सुनुवाई प्रक्रिया सम्पन्न गर्नेलगायतका विषयहरुका सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित ३१ गतेका दिन हामीले उजुरीकर्ताहरुसँग छलफल गरेर यो टुंगो लगाउने र ३२ गते प्रस्तावित व्यक्तिलाई बोलाउने र उहाँसँग छलफल गरिसकेपछि त्यसै दिन हामी निणर्य गर्न सक्छौं भन्ने कार्यतालिकालाई परिमार्जनसहित पारित गरिदिनु हुन अनुरोध गर्दछु । समितिको अर्को बैठक २०८० साल जेठ ३१ गते बुधबार दिनको ११ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ ।’

गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि २९ वटा उजुरी परेको र सो उजुरी अध्ययनका लागि समितिका सदस्यहरुलाई दिइएको छ । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ