arrow

रेलिङसहितको सजिलो बाटो बन्यो टोप्का भीरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
balefima-bato.jpg
तस्बिर – श्रीधर न्यौपानेको फेसबुकबाट ।

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको  छ । उक्त बाटो आज क्षेत्र  नं १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटाले उद्घाटन गरे । 

टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको रु २५ लाख बजेटमा निर्माण गरिएको  हो । 

ढलान र ढुङ्गा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए  । जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भिरको बाटोमा रेलिङ बनइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताए । 

स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै अप्ठेरो रहेको स्थानीयवासी सुवास तामाङले बताए ।

गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले बाटोले स्थानीयवासीलाई सहज भएको बताए । अहिले बाटो प्रयोग गरेर मोटरसाइकलसमेत ओहोरदोहोर हुने  भएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ