- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् ।
गत सोमबारबाट रिले अनसन शुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा उनीहरुले काठमाडौँ केन्द्रित संघर्ष गरेका छन् ।
गत सोमबारबाट काठमाडौँको भद्रकालीमा उनीहरुले रिले अनसन शुरु गरेका हुन् । विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।